डाक्टर प्रतिक्षा पाण्डे एक अनुभवी योग तथा प्राकृतिक चिकित्सक हुन्। उहाँले शैक्षिक उत्कृष्टताको लागि मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजबाट अनुसन्धान अनुदान प्राप्त गर्नुभएको छ। साथै, उहाँलाई हार्भर्ड मेडिकल स्कूलबाट पनि सम्मान गरिएको छ। उहाँले बाल स्वास्थ्य र पोषणको क्षेत्रमा जनस्वास्थ्य सल्लाह प्रदान गर्दै आउनुभएको छ। हाल उहाँ हार्भर्ड मेडिकल स्कूल, बोस्टन, अमेरिकामा Leadership in Medicine कार्यक्रम अन्तर्गत अध्ययन गरिरहनुभएको छ।